सुदूरपश्चिममा गठबन्धनः १६ मध्ये ७ क्षेत्रमा मिल्यो भागबण्डा, को–कहाँँ ?



काठमाडौं, भदौ ३० । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभातर्फ सुदूरपश्चिम प्रदेशका १६ मध्ये ७ निर्वाचन क्षेत्रमा करीब भागबण्डा टुङ्ग्याएको छ। स्रोतका अनुसार लगातारको छलफलपछि दलका नेताहरुले ७ निर्वाचन क्षेत्रमा भागबण्डा टुङ्ग्याएका हुन्।

यस्तै प्रदेशका अन्य ९ क्षेत्रको भागबण्डा भने मिलेको छैन। यद्यपी छलफल जारी रहेको बताइएको छ। गठबन्धनमा हालसम्म भएको सहमतीअनुसार डडेल्धुरामा कांग्रेसबाट शेरबहादुर देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसकै आरजु देउवालाई सबै दलले समर्थन गर्ने सहमती जुटेको छ।

यस्तै कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रको भागमा परेको छ। क्षेत्र नम्बर २ र ३ नेपाली कांग्रेसले लिने सहमती भएको छ भने बाजुरा र दार्चुला पनि कांग्रेसले लिने जनाइएको छ। तर कैलालीका चार वटा निर्वाचन क्षेत्र, बैतडी, डोटी, बझाङ, अछामका दुई क्षेत्रमा भने सहमती जुट्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्