समाजवादी पार्टी नुवाकोटको अध्यक्षमा भगवान राना



नुवाकोट,भदौ ३१। नेपाल समाजवादी पार्टी नुवाकोटको अध्यक्षमा भगवान रानामगर चयन भएका छन् ।

शुक्रवार विदुरमा सम्पन्न समाजवादी पार्टी नुवाकोटको प्रथम जिल्लास्तरीय भेलाले रानामगरलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । रानामगरको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

कमिटिको वरिष्ट उपाध्यक्षमा मानसिह तामाङ, लिलुमाया तामाङ, राजकुमार पौडेल, सचिवमा भिम तामाङ, राम सुर्खेती,कोषाध्यक्षमा आईसिङ तामाङ, सह‍‍–कोषाध्यक्षमा सृजना दुलाल र सह–सचिवमा जगदिश रिमाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्