अछाममा पहिरो: १४ जनाको ज्यान गयो, ९ जना बेपत्ता



काठमाडौं,असोज १ । सुदुरपश्चिम प्रदेशको अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी दिपेश रिजालका अनुसार १४ जनाको ज्यान गएको र ९ जना अझैं बेपत्ता रहेको बताए ।

शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । साथै, अरु १३ जना घाइते भएका छन् । उनीहरुको उद्धारको काम भइरहेको छ ।

घाइतेहरुको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । कमलबजार नगरपालिका वडा नम्बर– ६ मा पहिरोमा परि घाइते भएका ६ जनालाई उद्धार गरेर जिल्ला अस्पताल अछाममा उपचार थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्