बलेरो दुर्घटनामा एकको मृत्यु चार घाइते
तनहुँ,असोज १ । तनहुँमा शुक्रवार राती भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
ऋषिङबाट भिमाद जाँदै गरेको ग ३ च २१२९ नम्बरको बलेरो गाडी शुक्रबार राती १०ः५० बजे भिमाद नगरपालिका–५ मिर्छुलुङ, मडुवा आफै अनियन्त्रित दुर्घटना हुँदा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक युवराज सलामी मगरले जानकारी दिए ।
सडकबाट करिब २५ फिट तल खसेर दुर्घटना हुँदा स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका–५ बस्ने वर्ष ४२ को केशबहादुर थापाको घटनास्थलै मृत्यु भएको उनले बताए । सहचालक तनहुँको ऋषिङ गाउँपालिका –२ काँहुशिवपुर बस्ने वर्ष २६ को विकास परियार घाइते भएका छन् ।

