आजदेखि खुल्यो दशैंका लागि अग्रिम टिकट बुकिङ्ग, कहाँ जान कति लाग्छ भाडा ?
काठमाडौं,असोज १ । आज अर्थात साउन १ गतेदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ्ग खुला भएको छ । सरकारले दशैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुहरुका लागि अग्रिम टिकम बुकिङ्ग खुला गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।
यसपटकको दशैंका लागि गत असार २७ गते तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा आईने र बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने छ ।
धेरै गाडी आवतजावत गर्ने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ ।
यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गर्ने निर्णय पनि भइसकेको छ ।

