कोहलपुर प्रहरीद्धारा २६ ग्राम ब्राउनसुरसहित दम्पति पक्राउ



कोहलपुर,असोज १ । कोहलपुर प्रहरीले ठूलो मात्रामा लागू औषधी ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपु नगरपालिका वडा नम्बर १२ चप्परगौडीबाट एक दम्पतिसहित तीन जनालाई २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी एनबहादुर मल्लका अनुसार रूद्रबहादुर कार्की, उनकी श्रीमती एशोदा कार्की र मनोज गिरीलाई पक्राउ गरिएको छ ।

कार्कीको घरबाट ब्राउनसुगर तौलिने तराजुसमेत बरामद भएकाले उनी कारोबारी भएको आशंका गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्