सिन्धुपाल्चोकमा हराइरहेका शिक्षक भीरबाट २२ घण्टापछि उद्धार
काठमाडौं,असोज २ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा हराइरहेका शिक्षक फेला परेका छन ।
बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सेनाले सकुशल उद्धार गरेको हो । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका शिक्षकलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो ।
शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेका थिए ।

