जापान भीषण आँधी: ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह



एजेन्सी,असोज २ । जापानमा हालसम्मकै भीषण आँधी आएको छ । अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी दक्षिणी टापु क्युशुमा बज्रिएको बीबीसीले जनाएको छ ।  उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको बताइएको छ।

टाइफून नान्मादोलका कारण केही क्षेत्रमा आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उक्त आँधीका कारण कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्