पूर्वआइजिपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश



काठमाण्डौ,असोज ६ ।  पूर्व प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीवार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन ।

पार्टी प्रवेशपछि सम्बोधनका क्रममा खनालले प्रायजसो समय अध्यक्ष ओलीको गुनगानमा खर्चिए । उनले ओलीजत्तिको अर्को कुनै नेता नभेटेको दाबीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्