डाक्टर केसीले तोडे अनशन



काठमाडौं,असोज ८ । चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीले अनसन तोडेका छन्। चिकित्सा शिक्षा सुधारको माग गर्दै १३ दिनदेखि अनसन बसेका डा. केसी र सरकारबीच १० बुँदे सहमति भएको छ। सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरी र अर्मन अंसारीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन्।

डा. केसी र सरकारबीच साझा समझदारी भएपछि सहमति भएको छ। सरकारी वार्ता टोली र डा.केसीले सहमतिमा हस्ताक्षर गरेका छन्।  डा. केसीले भदौ २७ गतेबाट धनगढीमा अनसन सुरु गरेका थिए। उनी पछिल्लो तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत थिए।

तोकिएको दरबन्दीअनुसार चिकित्सक खटाउने सहमति भएको छ। यस्तै स्थानीय तहले निःशुल्क खरिद गर्नुपर्ने औषधिहरू प्रकृया पुर्‍याएर खरिद गर्ने विषयमा पनि सहमति भएको छ। गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कार्य अघि बढाउने विषयमा समेत सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्