राष्ट्रपतिले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति



काठमाडौं,असोज ९ । आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

चुनाव स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न स्वीकृति दिएकी हुन ।

सरकारको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्