विद्यालय हिडेका नुवाकोट शिवपुरीका एकै घरका तीन बालबालिका बेपत्ता



नुवाकोट,असोज १० । विद्यालय हिडेका नुवाकोट शिवपुरीका एकै घरका तीन बालबालिका बेपत्ता भएका छन् । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित जनज्ञान निकेतन विद्यालयमा अध्ययन गर्न गएका ३ विद्यार्थी बेपत्ता भएका छन । आइतबार असोज ९ गते दशैं कार्यक्रम हेर्न गएका दुई वालिका र एक वालक घर नफर्किएपछि अभिभावक चिन्तित बनेका छन ।

हराएका बालबालिका ककनी गाउँपालिका वडा नम्बर ५ का सानु लामाका दुई छोरी क्रमश वर्ष १३की रमिला तामाङ र वर्ष ८ की रमिता तामाङ तथा १० वर्षका छोरा रमित तामाङ बेपत्ता भएका हुन् ।

आफू अध्ययनरत जनज्ञान निकेतन मा वि मा दशैं विशेष कार्यक्रम हेर्न घरबाट निस्किएका तीन जना भान्जा भान्जी हालसम्म सम्पर्कमा नआएको उनका मामा सफल लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्