जापानका सहरमा ‘गलकोट’ प्रदर्शन
बागलुङ,असोज ११ । दृष्टिले पनि वृत्तचित्र सहयोगी बन्नेछ । जिल्लाको मध्यभागमा अवस्थित गलकोट चौबिसे राज्यका पालामा पर्वतअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । बाइसे–चौबिसे राज्यपूर्व १८ मगरातअन्तर्गत मगरहरुले गलकोटमा राज्य चलाएको इतिहास छ ।
बागलुङको पुरानो सदरमुकाम पनि गलकोटमा थियो । गलकोट क्षेत्रले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई समेट्छ । पर्यटकीय लेक घुम्टे, गाईघाटको झरना, गलकोट दरबार, आधुनिक खुला मूर्तिकला सङ्ग्रहालय, राम्चेढुङ्गा, सहस्रधारा आदि गलकोटका गन्तव्यस्थल हुन् । विभिन्न जातजातिमा प्रचलित मौलिक कला, संस्कृति र उत्पादनले पनि गलकोट धनी छ ।
विकास गतिविधिले गलकोट सहरोन्मुख बन्दै गएको छ । असी मिनेटको उक्त वृत्तचित्र निर्माणमा झन्डै रु ३५ लाख खर्च भएको कम्पनीले जनाएको छ । तीन वर्षअघि वृत्तचित्र निर्माण गरिए पनि कोभिड–१९ महाव्याधिका कारण ढिलो गरी प्रदर्शनमा आएको हो ।

