गुल्मी छत्रकोटमा डेंगु, सुगर, स्क्रब टाइफस र मलेरियाको निशुल्क परिक्षण सेवा सुरु



गुल्मी,असोज ११ । जिल्लाको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लक्षण देखिएका बिरामीहरुलाई चिकित्सकको सल्लाह अनुसार निशुल्क परिक्षण सेवा सुरु गरिएको हो । डेंगु सङ्गै स्क्रब टाइफस र मलेरियाका बिरामीहरुलाई समेत निशुल्क परिक्षण सेवा सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिए । पछिल्लो समय देशभरि नै डेंगूका बिरामी बढेका छन् भने किट र सिटामोलको अभाव देखिएको छ ।

यस्तो महामारीको बेला अस्पतालहरुले परीक्षणको नाममा आफू खुसी शुल्क लिएको तर केन्द्रीय सरकार भने निरीह बनेको भन्दै चौतर्फी आलोचना हुने गरेकोमा गुल्मीको छत्रकोट गाउँपालिकाले भने जनतालाई महसुस हुने गरी काम गरेको देख्न सकिन्छ । केही समय पहिला गाउँपालिकाले डेंगू नियन्त्रण सम्बन्धी चेतनामुलक कार्यक्रम समेत गरेको थियो,छत्रकोटको यो कामलाई सबैले प्रशंसा गरेका छन्। स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले एकपछि अर्को जनमुखी निर्णय गर्दैआएका छन् ।

डेंगु, स्क्रब टाइफस र मलेरियाकाको निशुल्क परीक्षण मात्रै होइन उनले केहीदिन देखि सुगर परीक्षण समेत निःशुल्क गराएका छन् । सरल स्वभावका पाण्डेय एकपछि अर्को जनमुखी कामले जनतामाझ लोकप्रिय बन्दै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्