आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय
काठमाडौं,असोज १२। निर्वाचन आयोगले आज अर्थात असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले असोज १२ गतेदेखि आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न अनुरोध गरेका हुन ।
सबै पक्षबाट आचारसंहिता पालना र कार्यान्वयनमा सहयोगको अपेक्षा आयोग रहेको रहेको थपलियाले बताए ।

