नुवाकोटको सुनखानीमा एक पुरुष मृत फेला
नुवाकोट,कात्तिक १५ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानीस्थित ठूलो पाटामा एक जना ६८ वर्षीय पुरुष मृत फेला परेका छन् ।
स्थानीय ल्हो च्याङ्बा भनिने कान्छा तामाङ आइतबार स्थानीय देवीस्थान नजिकैको एक घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि काठमाडौको शिक्षण अस्पताल पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

