सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते
काठमाडौं,असोज १२ । सल्यानमा जीप दुर्घटना भएको छ ।सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ स्थित मुलपानीमा दुर्घटनामा परेको हो ।
जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए । थप विवरण आउन बाकी छ ।

