नुवाकोटमा सरर जीप लाइन

काठमाडौँ,असोज १३ । नुवाकोटमा सरर जीप लाइन संचालन भैरहेको छ । नुवाकोटको विदुर नगरपालिका–२ स्थित ‘दरबार एड्भेन्चर जीप लाइन’ विगत केही समय यता संचालन भैरहेको हो ।
स्थानीयवासीको समेत शेयर लगानीमा सो जीप लाइन संचालनका लागि रु छ करोड बढी लागेको छ ।
नुवाकोट दरबार नजिकै हालै निर्माण गरिएको उक्त जीप लाइनसहितको रिसोर्टले आन्तरिक पर्यटक बृद्धि गराउन सहयोग पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।