नुवाकोटको बुधसिंहघाटमा सुख्खा पहिरो, गल्छी त्रिशुली सडकखण्ड अबरुद्ध



नुवाकोट,असोज १३ । जिल्लाको नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ७ अन्तर्गत बुधसिहघाटमा अचानक सुख्खा पहिरो गएको छ ।

सुख्खा पहिरोले गल्छी त्रिशुली सडक खण्ड अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो पश्चात् दशैमा नुवाकोट आवातजावत गर्ने यात्रु समस्या परेका छन् । प्रहरीले भने तत्काललाई बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्