त्रिशूली-गल्छी सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग छहरेटोखा प्रयोग गर्नु- प्रहरी



काठमाडौं । सुख्खा पहिरोले नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा सडक अवरुद्ध पारेको छ । बिहीबार अपराह्न ५ बजे गएको सुख्खा पहिरोले त्रिशूली-गल्छी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ठूलो पहिरो खसेका कारण पन्छाउनका लागि समय लाग्‍नेछ । यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे-टोखा सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था भएको नुवाकोट प्रहरीका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए ।

काठमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन् । बडा दशैको लागि घर हिडेका नागरिक अलपत्र परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्