नुवाकोट शिवपुरीको रोल्चेको भीरबाट जीप खस्दा दुई गम्भीर घाइते



नुवाकोट,असोज १३ । जिल्लाको शिवपुरी गाउँपालिकाको देउराली रोल्चेको भीरबाट झण्डै ३० मिटर जीप खस्दा दुई जना गम्भीर घाइते भएका छन् ।

बिहीबार गाउँपालिकाको वडा नम्बर २ मा भएको सो दुर्घटनामा गम्भीर घाइते दुई जनाको काठमाडौंस्थित मेडिकल कलेजमा उपचार भैरहेको स्थानीय युवा अर्जुन तामाङले बताए । तामाङका अनुसार धेरै जसो दशै मनाउन किनमेल गरेर घर फर्किएका स्थानीय दुर्घटनामा परेका थिए ।

दुर्घटनामा घाइतेको उपचारका लागि कुनै पनि कमि नगर्न वडा नम्बर २ का अध्यक्ष कुमार लामाले अनुरोध गरेका छन् । १७ जना सवार सो जीपका अन्य यात्रु भने सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्