नुवाकोट सुख्खा पहिरो: अवरुद्ध गल्छी त्रिशुली सडकखण्ड खुल्न अझै समय लाग्ने



नुवाकोट,असोज १४ । सुख्खा पहिरोका कारण अवरुद्ध गल्छी- त्रिशुली सडकखण्ड खुलाउन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी रमेश पण्डितका अनुसार सो सडकखण्ड खुलाउन ४ वटा डोजर प्रयोग भैरहेको छ । खन्दै जादा माथिबाट कति सम्म पहिरो खस्छ नत्र लगभग ४ घण्टामा खुलाउन सकिन्छ ‘एसपी पण्डितले साझापथसंगको कुराकानीमा भने- ‘पहिरो खसेदेखि निरन्तर पन्छाउन लागि परेका छौ।’

उनले डोजर अपरेटर्सलाई खाना खाने समयमा समेत थप अपरेटर्स खटाइएको बताए । निरन्तर प्रयासले शनिबारदेखि सवारीसाधन आवतजावत गराउन स्थानीयदेखि प्रहरी प्रशासन लागिपरेका छन् ।

दशैको समयमा गएको सुख्खा पहिरोले नुवाकोट,रसुवा, धादिङ आवतजावत गर्ने सयौं नागरिकलाई सास्ती ब्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्