करेन्ट लागेर नुवाकोट शिवपुरीका पाठकको मृत्यु



नुवाकोट,असोज १५ । करेन्ट लागेर शिवपुरी गाउँपालिका वडा नम्बर ६ फेदी गाउँका इन्द्र पाठकको मृत्यु भएको छ।

शुक्रबार घरायसी काम काजका सिलसिलामा करेन्ट लागेर मृत्यु भएको गुर्जेस्थित चेकपोस्टका असई हेमराज पौडेलले बताए ।

करेन्ट लागेर बेहोस भएका पाठकलाई उपचारार्थ काठमाडौ लैजादै गर्दा बाटैमा मृत्यु भएको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्