यस्तो छ तयारी नुवाकोट गुर्जेमा हुने रेस्लिङ महाभिडन्त



नुवाकोट,असोज १५ । नुवाकोट गुर्जेमा हुने रेस्लिङ महाभिडन्तको गुर्जेस्थित कालिकादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य तयारी गरिएको छ ।

नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको एमाले नेता तथा पार्टी महासचिव इश्वर पोखरेलले गर्ने आयोजक टीमले जनाएको छ ।

प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडर म्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्टलगायतका रेस्लरहरुको भिडन्त हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।

शनिबार हुन गइरहेको प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ ।  हेभी वेट विधाको विजेताले १५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट (पुरुष) विजेताले ५५ हजार नगद पुरस्कार बेल्ट, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्