नुवाकोटमा भएको बडा दशै रिङ रेस्लिङमा किङ रोबर्ट बने च्याम्पियन



तस्बिर: प्रतियोगिताको उद्घाटन गर्दै नेता गण

नुवाकोट,असोज १५ । बडा दशैको अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिकामा वडा नम्बर ६ गुर्जेमा भएको रिङ रेस्लिङ प्रतियोगितामा किङ रोबर्ट च्याम्पियन बनेका छन् ।

आफ्नै गाउँमा गर्जिएका कमल लामा उर्फ नुवाकोटे टाइगरलाई पछि पार्दै रोबर्ट च्याम्पियन बनेका हुन । प्रतियोगितामा धमाकेदार प्रस्तुतिमा उत्रिएका टाइगरलाई हेवि वेट तर्फ पछार्दै किङ रोबर्टले १ लाख ५० हजार समेत हाल पारेका छन् ।

५ विधामा प्रतिस्पर्धा भएको प्रतियोगितामा ट्रिपल थ्रेट बिधामा साइन र डेबिटलाई हराउदै चट्टानले जीत हासिल गरेका थिए । चट्टानले ७५ हजार समेत प्राप्त गरेका छन् ।

त्यस्तै ट्याग टिममा टुपी ग्याङलाई बाका र इस्पाईडर म्यान ले हराउँदै ८५ हजार प्राप्त गरेका छन् भने लाइटवेट (महिला) तर्फ आकृतिलाई तनुले हराएकी छिन । तनुले विजेता स्वरुप ६५ हजार हात पारेकी छिन । लाइटवेट (पुरुष) तर्फ सुजललाई सिजे वर्ड विजय हासिल गरे । वर्डले ५५ हजार नगद पुरस्कार बेल्ट, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

रिङ रेस्लिङ प्रतियोगितामा नेकपा एमालेका नेता इश्वर पोखरेल, एमाले नेता नुवाकोटका बद्री मैनाली, पूर्णलाल श्रेष्ठ, माओवादी केन्द्र नुवाकोटका नेता हितबहादुर तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया लगायतको उपस्थिति रहेको थियोे ।

किङ रोबर्ट च्याम्पियनको बाटो खोल्दै नुवाकोटे टाइगर माथि

महिला रेस्लरद्वय तनु vs आकृति पूरा भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्