जसपा गठवन्धनबाट बाहिरिने संकेत



काठमाडौं,असोज १५ । जनता समाजवादी पार्टी (जसपा)ले आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने निर्णय गरिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दल जनता समाजवादी पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकबाट यस्तो निर्णय गरेको प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए । गठबन्धनभित्र सिट बाँडफाँटसम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको ‘प्रेस नोट’मा उल्लेख छ ।

सम्भव भएसम्म विकल्पका रूपमा अरू दलहरूसित पनि तालमेल गर्न सकिने बैठकबाट निष्कर्ष निकालिएको छ । सो पनि हुन नसकेको अवस्थामा जसपाले आसन्न निर्वाचनमा एक्लै भाग निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्