झोरको बौँडेश्वर झरनामा मकै-भटमास, गुन्द्रुक-अचार र मोहीको साथमा सिर्जना वाचन



काठमाडौं,असोज १५ । टोखा नगरपालिका वडा नम्बर १, बौँडेश्वर झरनामा कवि तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटकीय झरनाको अवलोकनका साथै बौँडेश्वर महादेवको पुजाआजा समेत सम्पन्न भएको छ । कार्यक्रममा साहित्यकार एचके धितालको आतिथ्य र सत्कारमा मकै-भटसमास, गुन्द्रुक-अचार र मोहीको साकाहारी र प्राकृतिक भोजनको साथ सिर्जना वाचनको सुन्दर कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।

साथै डा.शैलेन्दुप्रकाश नेपाल, रेणु अधिकारी मौनता, घन बहादुर थापा, उमेश पान्डे, तारा के.सी., राजेन्द्र घिमिरे सागर, उत्तम विचार भेटुवाल, सुदर्शन अधिकारी, एचके धिताल, गायत्री धिताललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्