नुवाकोटको विदुर १० हिटीको डाँडोमा पनि घुम्यो रोटेपिङ सरर



नुवाकोट, असोज २६ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० को हिटीको डाँडोमा पनि यसवर्ष रोटेपिङ सरर घुमेको छ ।

पछिल्लो वर्षमा पिङको महत्त्व घट्दै गइरहेको बेला यस वर्ष हिटी आसपासका युवा जमातले रोटेपिङ थापेका हुन् ।

बाबियोको डोरीयुक्त पिङ लोप हुँदै गएतापनि जुटको डोरी खरिद गरी पिङ हाल्ने चलन यदाकदा भएता पनि मिहेनत गरेर रोटेपिङ राख्ने परम्परा भने बिरलै पाइने गरेको छ।

बिदुर १० हिटीमा लगाइएको रोटे पिङ भने ताप्लेजुङका कालीगढ पासाङ टावा शेर्पा सहितको चार जनाको टोलीले बनाएका हुन् । सो टोलीले पन्ध्रदिन लगाएर यही १५ गते शनिबार जडान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्