टुँडिखेलमा फूलपातीको बढाइँ सम्पन्न



काठमाडौं,असोज १६ । आइतबार टुँडिखेलमा फूलपातीको बढाइँ समारोह सम्पन्न भएको छ ।

दशैंको सातौँ दिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाले फूलपातीको बढाइँ गरेको हो । 

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको प्रमुख सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्