चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा



काठमाडौं, असोज १७ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गरेका छन् ।

विक्रम संवत ०६४ देखि लगातार गोरखाबाट चुनाव लड्दै आएका र जितेका बाबुरामले यसपटक चुनाव नलड्ने घोषणा गरेका हुन् ।

उनले चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको पनि उल्लेख गरेका छन् । उनले सामाजिक संजालमा एक स्टाटस राख्दै गोरखामाबासीलाई दुखी नहुन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्