नुवाकोटको पञ्चकन्यामा रहेको बच्छलादेवी मन्दिरमा भक्तजनको भीड
नुवाकोट,असोज १८ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको बच्छलादेवी मन्दिरमा भक्तजनको भीड लागेको छ ।
हरेक वर्ष झैं महानवमीका दिन पूजाआजा गर्न भक्तजनको भीड लागेको हो ।
कात्तिक पूर्णिमा समेत सो मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ्न। गाउँकी देवीको रुपमा समेत परिचित उक्त मन्दिरमा मागेको कुरा पाउने जनविश्वास रहदै आएको छ ।

