घाँटीमा मासुको हड्डी अड्किएर चितवनमा एक जनाको ज्यान गयो
चितवन,असोज १८ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर एकजनाको ज्यान गएको छ ।
चितवनमा घाँटीमा हड्डी अड्किएर एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर क्षेत्री रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अष्टमी (सोमबार)को साँझ करिब ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएको थियो ।

