खोलामा डुबेर दाङमा दुई बालकको मृत्यु



दाङ,असोज १८ । खोलामा डुबेर देउखुरीमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय अजित विक र साेहि ठाउँ निवासी १२ वर्षिय ललित परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषित गरेका थिए । मृतक दुबै जना बालकको शवलाई पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले बताएको छ ।

उनिहरुको मंगलबार दिउँसो ३: ३५ बजे लमहीकाे अर्जुनखाेला पुल मुनि नुहाउन गएको बेला खाेलामा डुबेर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्