माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसरी मनाए दशैं



ललितपुर,असोज १९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको खुमलटारस्थित निजी निवासमा दशैं मनाएका छन् ।

अध्यक्ष प्रचण्डले आफूले टीका नलगाए पनि छोरीहरु रेणु दाहाल, गंगा दाहाल, बुहारी बिना मगरलगायत परिवारका सदस्यहरुलाई टीका तथा आशिर्वाद प्रदान गरेको उनकाे निजी सचिवालयले जनाएको छ ।

दशैं टीकाको तस्बिर उनकी छोरी तथा प्रमुख स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्