प्रधानमन्त्री देउवाले लगाएनन टीका



काठमाडौं,असोज १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशमीको टीका ग्रहण गरेनन् ।

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरूलाई पनि टीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।     

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्