राष्ट्रपतिको हातबाट ओली दम्पतीले लगाए टीका
काठमाडौं,असोज १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्तीले राष्ट्रपति विद्यादेवी भण्डारीकाे हातबाट टिका ग्रहण गरेका छन् ।
बुधबार बिहान दमकस्थित आफ्नै निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गरेर ओली दम्पत्ती राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवास पुगेका थिए ।
राष्ट्रपति भण्डारीले बुधबार दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी थिइन् ।

