अमलेखगञ्ज दुर्घटना अपडेटः ९ पुरुष, ५ महिलाको मृत्यु
बारा,असोज २० । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट पथलैया आउँदै गरेको बा प्र न ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।
नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन । थप विस्तृत विवरण आउँन बाँकि छ ।

