बाढीले बगाउँदा नुवाकोट ककनीका दुई बालबालिका बेपत्ता
नुवाकोट, असोज २० । अविरल वर्षासंगै आएको बाढीले बगाउँदा दुई बालबालिका बेपत्ता भएका छन् ।
मामाघर पुगी बिहीबार घर फर्कने क्रममा खोलामा मोटरसाइकल ढल्दा स्थानीय नवराज घिमिरेका एक छोरा र एक छोरी बाढीले बगाएर बेपत्ता बनाएको हो ।
दिउँसो ४ बजे ककनी गाउँपालिका वडा नम्बर २ का स्थानीय घिमिरेको दुई छोराछोरी ककनी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने ठुलो खोलामा तर्ने क्रममा बाइक ढ्ल्न पुगि बालबालिकालाई बगाएको थियोे । घटनापछि स्थानीयले खोजी कार्य जारी राखेका छन् ।

