काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं,असोज २१ । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिदा एक परिवारका तीन जनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथी रहेका छन् । उनीहरुको खोजी कार्य जारी भइरहेको प्रहरीको भनाइ छ ।
यसैगरी, बारामा विहीबार बिहान भएको बस दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ ।

