‘छिट्टै चितवनमै घर बनाएर बस्छु’-रवि लामिछाने



चितवन,असोज २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले चितवनमै घर बनाएर बस्ने बताएका छन्।आइतवार प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।  

सभापति लामिछानेले आफू जीवनभर चितवनकै मान्छे हुने र चितवनमै घर बनाउने बताए । चितवनवासीले आफूलाई विगतमा लगाएको गुन तिर्ने उनले प्रतिक्रिया दिए ।  

यसैबीच लामिछानेले चितवनमा पहिले आँसु बोकेर आएको र अहिले सपना बोकेर आएको सामाजिक सञ्जालमा लेखेका छन् । उनले लेखेका छन् , ‘एउटा समय यस्तो थियो जब मलाई झुक्याएर रातारात भरतपुर चितवन पु¥याइयो र आधा रातमा हिरासतमा कोचियो । म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिएँ । अर्को समय आज जहाँ म आफ्नै इच्छा र चाहनाले आँखाभरि सपना र समाज परिवर्तनको योजना बोकेर चितवन आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर । मङ्सिर ४ का लागि चितवन २ मेरो निर्वाचन क्षेत्र र चुनाव चिह्न घण्टी ।’

चितवन २ मा नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्