पाल्पा २ मा गैरे र पाण्डेको उम्मेदवारी



पाल्पा,असोज २३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिट्ब्युरो सदस्य ठाकुर गैरे र गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सोम प्रसाद पाण्डेले प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका छन् ।

गैरे र पाण्डेले जिल्ला सदरमुकाम तानसेनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् । गैरेसंगै प्रदेश सभाको लागि २ को (क) बाट फर्सुराम भट्टराई र २ कै (ख) बाट ओम बहादुर घर्तिले मनोनयन दर्ता गरेका छन् ।

एमाले नेता गैरेसँग गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सोम प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराए । पाण्डे सङ्गै प्रदेशसभातर्फ गठबन्धनबाट  प्रदेश (क) मा काङ्ग्रेसका बिरबहादुर राना र (ख) मा ने क पा माओवादीका तुलाराम घर्तीले उम्मेदवारी दर्ता गराए ।

प्रतिक्रिया दिनुहोस्