डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु



काठमाडौं,असोज २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।

हालसम्म ३३ हजार ९७५ जना सम्भावित डेंगु रोगी देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेंगुबाट बच्न आवश्यक सावधानी अपनाउन मन्त्रालयले अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्