बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका रेशम चौधरीको उम्मेदवारी खारेज
काठमाडौं,असोज २६ । बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।
नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
टीकापुर घटनामा दोषी ठहर भई कारागारमा कैदी जीवन बिताइ रहेका चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि कैदमा रहेका छन् ।

