चालु आवको पहिलो दुई महिनामा १९ करोड रुपैयाँ बराबरको प्याज आयत
काठमाडौं,असोज २६ । चालू आर्थिक वर्ष २०७९/ ८० को साउन र भदौको दुई महिनामा १९ करोड रुपैयाँ बराबरको प्याज नेपाल भित्रिएको छ । भन्सार विभागका तथ्यांकअनुसार साउन र भदौमा उक्त मूल्य बराबरको प्याज आयत भएको हो ।
यस अवधिमा भारतबाट ४९ लाख २८ हजार किलोग्राम र चीनबाट २१ हजार १०० किलोग्राम प्याज भित्रिएको छ । विभागले यी दुई मुलुकमध्ये भारतबाट सबैभन्दा धेरै प्याज भित्रिएको देखाएको छ ।
भारतबाट ११ करोड ६६ लाख रुपैयाँ बराबरको र चीनबाट ७५ लाख रुपैयाँ बराबरको प्याज आयात भएको छ । यस्तै, चालू वर्षको २ महिनाको अवधिमा नेपालबाट कतारतर्फ प्याज निर्यात समेत भएको छ । यस अवधिमा ८२ हजार रुपैयाँ बराबरको ५५० किलोग्राम प्याज निर्यात भएको छ ।

