एमालेसंग गठबन्धन गरेको भन्दै जसपाका ४ मन्त्री चट
काठमाडौं,असोज २७ । आगामी संघ तथा प्रदेशसभा निर्वाचनमा एमालेसंग गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका ४ मन्त्रीलाई बर्खास्त गरेका छन् ।
सत्ता साझेदार जसपाले आगामी निर्वाचनमा आफुले उचित सिट भाग नपाएको भन्दै एमालेसंग गठबन्धन गरेको थियो । जसपाको भागमा परेको ४ मन्त्रीलाई प्रधानमन्त्री देउवाले गठबन्धनको निर्णयअनुसार पबर्खास्त गरेका हुन् ।
जसपाबाट हाल सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव रहेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा पदमुक्त गरिएका ४ मन्त्रालय प्रधानमन्त्री आफैले राखेका छन् ।

