नुवाकोट शिवपुरीमा झुन्डिएर आत्महत्या
नुवाकोट,असोज २८ । नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानपतिका एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् ।
वैदेशिक रोजगारीका क्रममा छ वर्ष कोरिया बसेका स्थानीय बैकुण्ठ थपलियाले झुन्डिएर आत्महत्या गरेका हुन।
थप अनुसन्धानका लागि प्रहरी घटना स्थलमा पुगिसकेको छहरे अस्थायी प्रहरी पोष्ट्का प्रहरी सहायक निरीक्षक रामबहादुर घिसिङले बताए ।

