सबैलाई हसाउने बैकुण्ठको आत्महत्या इमोसनल कि विवशता?
नुवाकोट,असोज २८ । गाउँघरकै जोसिला युवाका रुपमा गनिन्थे बैकुण्ठ । पढाई, बोली चाली हरेक क्षेत्रमा अब्बल थिए उनि। नहासी नबोल्ने बैकुण्ठले शुक्रबार सबैलाई धरधरी रुवाउदै यस संसारबाट बिदा लिए।
शिवपुरी गाउँपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा, गाउँकै मेधावी बैकुण्ठ पढाइमा तेज थिए । प्रवेशिका परीक्षामा ८४+ अङ्क हासिल गरेका उनको मृत्युको खबरले कसैको आँखा ओभानो रहेन ।
केही गर्नुपर्छ भन्ने भावना भएका बैकुण्ठलाई कस्ले यति हृदयविदारक घटनामा अगाडि बढायो गाउँ समाज अड्कल समेत लगाउन सक्दैनन् ।
वैदेशिक रोजगारीका सिलसिलामा कोरिया गएका बैकुण्ठले ५ वर्ष उतै बिताए । यद्यपि आर्थिक अवस्था समेत उनको सुधारिएको स्थानीय बताउँछन् ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार आत्महत्या गर्नु अघि उनले आफ्नो बहिनीलाई आत्महत्या स्थानबारे म्यासेज पठाएको बताउँछन् । कतिपय स्थानीयले घटनालाई असफल प्रेमको उपजको रुपमा लिएका छन् । स्थानीय प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक (असई) रामबहादुर घिसिङका अनुसार आफ्नो प्रैमिल जीवनको असफलता नै आत्महत्या हुनसक्ने बताए ।
अनुसन्धानका क्रममा युवकको प्रेमिकाले समेत विष सेवन गरी अस्पताल भर्ना भएको अपुष्ट खबर आएको असई घिसिङले साझापथसंगको कुराकानीमा बताए । यस विषयमा थप अनुसन्धान पश्चात् मात्र भन्न सकिने उनको भनाइ छ ।

