नुवाकोट भद्रुटारको ३३ वटा बाटो  सरसफाइका लागि १३ लाख बजेट



नुवाकोट,असोज २८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको सडक सरसफाइका लागि १३ लाख बजेट विनियोजन भएको छ ।

गाउँपालिकाबाट प्राप्त स्थानीय वडा सरसफाइ अन्तर्गत दशै अगावै सरसफाइ गर्नुपर्ने भए तापनि मौसमका कारण ढिलाइ भएको वडा नम्बर ५ का अध्यक्ष माधब सिटौलाले बताए ।

बाटो सरसफाइका लागि नवनिर्मित कमिटीमा स्थानीय बलराम कार्की रहेका छन । पछिल्लो समय सामाजिक कार्यमा अगुवा युवा कार्कीको अध्यक्षतामा गत वर्षमा समेत सडक सरसफाइ भएको थियोे ।

यसवर्ष नवनिर्मित कमिटीको सचिबमा सनतबहादुर लोहनी, कोषाध्यक्षमा सुभद्रा अधिकारी सहित रोशन भट्टराई, बासु सिटौला लगायतको १३ सदस्यीय कमिटी निर्माण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्