देशभर प्याराग्लाइडिङ उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन



काठमाडौं,असोज ३० । देशभर प्याराग्लाइडिङ उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ ।

अर्को सूचना जारी नभएसम्म आजैका मितिदेखि प्याराग्लाइडिङ देशैभर बन्द गराउन निर्देशन दिएको हो ।

पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइइडिङ गर्दै गर्दा एकजना सहभागीको मृत्यु भएपछि प्राधिकरणले यस्तो निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्