जग्गाको बढी मूल्यांकन गरेको आरोपमा भ्यालुएटर पक्राउ



काठमाडौं,असोज ३१ । नेपाल भ्यालुयर्स एशोसिएशनले आफ्ना सदस्य एवं विराट इन्जिनियरिंग सोलुसन प्रालिका सञ्चालक तथा इन्जिनीयर (भ्यालुएटर) मनोज अधिकारीलाई प्रहरीले जग्गाको बढी मूल्यांकन गरेको आरोपमा  पक्राउ गरेकोमा विरोध जनाउँदै निशर्त रिहा गर्न माग गरेको छ ।

एशोसिएशनले अधिकारीलाई कामना सेवा विकास बैंक प्रादेशिक कार्यालय – १ बाट प्रवाह हुने ऋण तथा कर्जाको लागि सुरक्षण वापतको धितो मुल्यांकन कार्यको पुनरमुल्यांकन गर्दा कामना विकास बैंकले बैकिंग कसूरको सम्बन्धी अनुसन्धानको नाउँमा पक्राउ गर्न लगाई हिरासतमा  राखेकोमा विद्यमान ऐन तथा कानूनको ठाडो उल्लंघन भएको बताएको छ ।

साथै एशोसिएशनको आइतवार बसेको आकस्मिक बैठकले निशर्त अधिकारीलाई रिहा गर्न तथा अर्को सूचना जारी नभएसम्मका लागि कामना विकास बैंकको मुल्यांकन सम्बन्धि सम्पूर्ण कार्य स्थगन गर्न सम्पुर्ण सदस्यहरुलाई भनेको छ ।

प्रतिक्रिया दिनुहोस्